All Three Media Ghar Pvt Ltd.
    जोखिममा कास्कीका ७ ताल

    पर्यटन गतिविधि र यसको विकासमा पोखराले काठमाडौंलाई पछ्याइरहेको छ । नेपाल आउने विदेशी पर्यटकमध्ये धेरै पोखरा पुग्छन् । फेवाताल, सराङकोट, हवाई खेलकुद आदि यहाँका आकर्षण हुन् । 

    त्यसो त पोखरा ७ तालको बगैंचा सहरको रुपमा पनि परिचित छ । फेवाताल, बेगनास ताल, रुपा ताललगायत अन्य साना–ठूला तालले पोखराको सौन्दर्य थपेका छन् । धेरै सम्भावना हुँदाहुँदै पनि राज्यले ध्यान नदिँदा भने पोखरामा ७ तालको बगैंचा सहर नाममा मात्र सीमित बनेको छ । राज्यले राष्ट्रिय प्राकृतिक सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने निती निर्माण गरे पनि व्यवहारमा लागू गर्न सकेको देखिँदैन । राजनीतिक अस्थिरता तथा खिचातानीका कारण राष्ट्रिय सम्पदाहरुको संरक्षणमा सरकार र सरोकारवालाहरुको ध्यान पुगेको छैन । 
    देशभरका तालतलैयाहरुको संरक्षण र प्रवद्र्धनका लागि ताल संरक्षण तथा विकास समितिहरु गठन गरिएका छन् । तर, तिनको काम प्रभावकारी छैन । राजनीतिक नियुक्ति हुने भएकाले समितिका प्रमुखहरु आफूले नियुक्त गरेको नेता तथा पार्टीप्रति नै उत्तरदायी हुन्छन् । वर्षमा १–२ पटक तालको अनुगमन हुन्छ । अरुबेला सबै निकाय चुपचाप हुन्छन् । होटलको कोठाभित्र अन्तक्र्रिया हुन्छ । फिल्डमा गएर काम गर्ने चलन छैन । प्राकृतिक तथा मानवीय कारणले कतिपय तालहरुको अस्तित्व समाप्त हुने क्रममा छ । 
    मुलुककै शान बनेको फेवातालको लगभग २२ सय रोपनी क्षेत्रफल अतिक्रमणको शिकार बनेको छ । फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता गरी भोगचलन गर्दा पनि सरकार मौन छ । भू–माफियाहरुको बिगबिगी बढेर खेती योग्य हरिया फाँटहरु प्लटिङमा परिणत हुँदै जाँदा तालहरु लोप हुने अवस्थामा पुग्न थालेका छन् । कास्कीको लेखनाथ नगरपालिकामा रहेका ताल पनि अतिक्रमणको सिकार भएका छन् । बेलैमा ध्यान नपु¥याउने हो भने भोलि ७ वटा ताल कहाँ थिए भनेर खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । 
    दिपाङ ताल
    लेखनाथ नगरपालिकाभित्र चौथो ठूलो तालको रुपमा रहेको दिपाङ तालको क्षेत्रफल २० वर्ष अघिसम्म लगभग ८.९८ हेक्टर थियो । तालले नगरपालिकाको कुल क्षेत्रफल ०.११ प्रतिशत र ताल क्षेत्रको १.९५ प्रतिशत भाग ओगटेको थियो । अहिले ताल सिमा अतिक्रमण र जालो समस्याबाट ग्रसित हुँदै पुरिँदै र क्रमशः घट्दै गएको छ ।
     
    रुपाताल
    लेखनाथ नगरपालिको दोश्रो ठूलो ताल रुपातालको क्षेत्रफल १.१५ वर्ग किलोमिटर छ । ४५ देखि ६० मिटरसम्म गहिराई भएको रुपाताल संरक्षणको पर्खाइमा छ । प्राकृतिक कारणहरुले गर्दा रुपाताल वर्षेनी पुरिँदै गएको छ । पौराणिककथन अनुसार रुपाताल क्षेत्र च्यवन ऋषिको तपोस्थल भएकाले योसँग धार्मिक आस्था पनि जोडिएको छ । रुपाकोट गाविसको सिमानाभित्र पर्ने रुपाताल सेतो कमलका लागि पनि प्रसिद्ध छ । यसलाई जोगाउन सरकारले  योजना बनाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्नुपर्छ । 
    खास्टे ताल 
    लेखनाथको तेश्रो ठूलो ताल खास्टे सिमसार क्षेत्रको दृष्टिले पनि महत्वपूर्ण छ । यस तालको क्षेत्रफल १३.५७ हेक्टर छ । यो ताल गुदे ताल भन्दा पूर्व र न्युरेनी तालको साथैमा छ । 
    न्युरेनी ताल 
    न्युरेनी तालको २.८३ हेक्टर रहेको छ । ०५६ सालमा काठमाडौंको बानेश्वरस्थित स्वाती सदन उच्च माविले यो ताललाई हाँस तथा माछापालन गर्न भाडामा लिएको थियो ।
    मैदी ताल 
    लेखनाथ नगरपालिकाभित्र सबैभन्दा सानो ताल मैदी ताल हो । यो ताल वडा नम्बर ९ र कालिका गाविसको सिमाभित्र अवस्थित छ । यो तालको अवस्था झनै दयनीय छ ।
    गुदे ताल 
    गुदे ताल लेखनाथ नगरपालिका वडा नं ४ मा अवस्थित छ । यो ताल पनि पर्यटकीय दृष्टीले अति सुन्दर तालको रुपमा चिनिदै आएको छ । तर, तालको संरक्षण र प्रबद्र्धन हुन नसक्दा ताल केवल तालको रुपमा मात्र सिमित छ ।

    - प्रवीण तुलाचन

    Administrator 2014-07-19

    Post your comment here